भेष बहादुर रोकाय
प्रधानाध्यापक
शेर बहादुर कार्की
विद्यालय व्यवस्थापन समिति अध्यक्ष
लोग बहादुर कार्की
शिक्षक अभिभावक संघ अध्यक्ष
खडक जङ्ग कार्की
सुचना अधिकारी
नेपाली राष्ट्र भाषाको जन्मस्थल मध्यकालिन इतिहासमा मल्ल राजाको वर्षेयामको राजधानी प्राचिन युगमा पाँचपाण्डव र विराट राजाको बासस्थान कर्णाली प्रदेशको ऐतिहाँसिक थलो जुम्ला जिल्ला सिंजा उपत्यकाको कनकासुन्दरी गाउँपालिका वडा नं ७ मा पर्ने सबै भन्दा ठुलो मैदान खिच्चनेमा अवस्थित हालको श्री मालिका माध्यामिक विद्यालय खिच्चने जुम्ला जिल्लाकै शैक्षिक जगतमा एक उदाउदो ताराको रुपमा देखापरेको छ ।
यस विद्यालयको स्थापना हुनुभन्दा पहिले यो विद्यालय भएको ठाउँ विगतको पाण्डुगुफा गाविस र हाल कनकासुन्दरी गाउँपालिका वडा नं ७ को पशु वस्तु चराउने सार्वजनिक स्थलको रुपमा प्रयोग गरियको थियो । यस विद्यालय क्षेत्रभित्र रहेका जनताहरु शिक्षाको उज्यालो बाट बञ्चित भएकाले जनताहरुलाई शिक्षाको ज्योती फैलाउनको निमित्त तत्कालिन अवस्थाका सम्पूर्ण अभिभावक वि व्य स शिक्षक र शिक्षा प्रेमी श्री रतन सिहं कार्की, देवि सिंह कार्की, भक्त बहादुर कार्की, कालि बहादुर घर्ती ,धन बहादुर घर्ती, मन प्रसाद उपाध्याय, गजेन्द्र बहादुर कार्की, नौलाराज कार्की, लुवारे कार्की र मोति सिह कार्की हरुको गहन भूमिकामा र सक्रियतामा वि स २०३६ साल बैशाख २२ गते बाट रानिसैन र देहारपाटा बासिहरुको सक्रिय सहयोग र श्रमदान बाट ६ कोठे भवन निर्माण गरी औपचारिक रुपले प्राथामिक कक्षा संचालन भइ पठनपाठन भएको थियो । यस विद्यालयको नामाकरण स्थापना देखि भगवतीको नाम बाट श्री मालिका प्राथमिक विद्यालय खिच्चने रहन गएको थियो । त्यस अवधिमा प्रथम प्रधानाध्यापक श्री हरिनन्द भट्ट खत्री रहेका थिए । यसरी तत्कालिन अवस्थामा सम्पर्ण अभिभावक वि व्या स शिक्षक र शिक्षा प्रेमीहरुको गहन भूमिका र सक्रियतामा वि. स २०५८ साल श्रावण १६ गते नि.मा.वि कक्षा ६ स्वीस्कृत भइ नि.मा.वि कक्षाहरु संचालन भई पठनपाठन भएको थियो । साथै यस क्षेत्रमा रहेका बुद्धिजीवी र शिक्षा प्रेमीहरुको निरन्तर सहयोगले वि. स २०७१/४/१६ गतेमा माध्यामिक स्तर कक्षा ९ को अस्थायी अनुमती प्राप्त गरी कक्षा संचालन गरिएको छ । साथै यस समय अवधिका प्रधाध्यापकको भूमिकालाई झनै भुल्न सकिदैन । जुम्ला बजार बाट करिब दुई कोष टाढा पर्ने यस विद्यालयको शैक्षिक क्षेत्रमा सदरमुकाममा रहेका विद्यालयहरुलाई समेत उछिन्न सफल भएको छ । यस हुनुको प्रमुख कारण समर्पित शिक्षक लगनशिल विद्यार्थी जिम्मेवार व्यवस्थापन जागरुक समुदाय स्वच्छ र पारदर्शी प्रशासन एवम माथिल्लो निकाय संग सिन्धुको मिलनले सफलको परिणाम हो भन्न सकिन्छ ।
वि स २०५१ सालमा नापि नक्सा हुदा देहारपाटा गाँउका मुखिया श्री प्यारिलाल काँफ्ले ज्यूले दिएको रसिद अनुसार सय विद्यालयले १९,५०० व. मी क्षेत्रफलको जग्गाधनी प्रमाण पुर्जा पाइसकेको छ । जसमा हाल ३०० बोटा स्याऊ र २०० बोटा ओखर रोपिएको छ तर घेरबारको अति राम्रो व्यवस्था गर्न सकि रहेको छैन । हाल यस विद्यालयमा DFID जुम्लाको सहयोगमा वि स २०६२ सालमा रु ७,०१,००० को लागतमा छ कोठा भवन र ओल्ड भिजन जुम्लाको सहयोगमा रु ३,४५,००० को लागतमा तिन कोठा भवन र पाण्डगुफा गावि स को सहयोगमा रु ३,४४,००० को लागतमा दुई कोठा भवन गरी जम्मा ११ कोठाको भवन रहेको छ । भने वि स २०७२ सालमा जिल्ला शिक्षा समन्वय इकाई जुम्लाको १८०,०००० लाख लागतमा दुई कोठा भवन कासाथै वि स २०७४ सालमा जिल्ला शिक्षा समन्वाय इकाई जुम्ला बाट २००,०००० लाख लागतमा दुई कोठाको भवन निर्माण कार्य सम्पन भएको थियो । साथै वि स २०७५ सालमा कर्णाली प्रदेश सरकार बाट ५००,०००० लाख लागतमा छ कोठा प्रदेश नमुना भवन र ५००,०००० लाख लागतमा छ कोठाको भवन निर्माण भएको छ । साथै वि स २०७७ सालमा ८००,०००० लाख लागतमा आवासिय भवन दश कोठा र शौचालय र बाथरुम सहितको भवन निर्माण भयको छ भने वि स २०७८ सालमा ८००,०००० लाख लागतमा विद्यालयको तिन कोठाको भवन निर्माणाधिन अवस्थामा रहेको छ । यस विद्यालयको प्रशस्त क्षेत्रफल भयको कृषियोग्य समथर भू-भाग भएकाले आगामी दिनमा यस विद्यालयमा कृषि प्राविधिक शिक्षा संचालन गर्न सकियमा कृषिमा दक्ष जनशक्ति उत्पादन गरी यस क्षेत्रको कृषिमा आधुनिकिकरण गरी जनताहरुको जिवनस्तर उकास्न सकिन्छ भन्ने हामीहरुको अनुमान छ । यसका निमित्त सम्बन्धित निकायमा पहल गर्ने लक्ष्य राखियको छ
कनकासुन्दरी गा पा वडा ७ अवस्थित मालिका माध्यामिक विद्यालय जिल्लाको श्री सदरमुकाम वाट ६६ कि.मी., कनकासुन्दरी गापा देखि ५ किलो मीटर. समुदाय देखि ५०० .मी. टाढा रहेको छ । यस विद्यालयको स्थापना २०३६ सालमा यस वडाका समाजसेवी हरु मिलेर गरेका थिए । विद्यालय स्थापनाका लागि यस ठाउमा रहेको सावर्जनीक जग्गा लाई विद्यालयका प्रयोग गर्ने सहमती गरेका थिए । विद्यालयमा कक्षा १० सम्म संचालनमा छ । साविकक को पाण्डुगुफा गा.वि.स.को वडा नंं ६ मा रहेका यो विद्यालय हाल कनकासुन्दरी गाँउपालिका ७ मा रहेको छ । यस विद्यालयको नाम मालिका मा.वि. रहेको छ । यस विद्यालयको सेवा क्षेत्र कनकासुन्दरी गापा ७ को ३०० घरधुरी समेटेको छ । यस विद्यालयमा जम्मा विद्यार्थी ३५५ जना रहेका छन । यस विद्यालयको स्थापना काल देखि हाल सम्मका भौतिक संरचनाहरु ७ वटा भवनका ४० वटा कोठाहरु रहेका छन । अन्य भौतिक संरचनाहरु हाल भएका ३ वटा भवनहरु जिर्ण छन भने हाल भएका खानेपानी, शौचालयको उचित स्थानमा राम्रो र सबैलाई प्रयोग गर्न सक्ने अवस्थामा नभएकाले यी संरचनाहरुको जोखिम रहेको छ । हाल विद्यालयमा पठनपाठनका लागी आउने विद्यार्थीहरुलाई सडक र शाखा गोरृटो प्रयोग गरेर आउने हुदा दुर्घटना हुन सक्ने संम्भावना छ । यसै गरी समुदाय वाट विद्यालयमा आउदा जादा बाटो को अवस्था जोखिम रहेको छ ।
यसै गरी विद्यार्थीहरुलाई पठनपनठन गर्ने उचित खालका विद्यालय भवनहरु भएका र शौचालय खानेपानीको ब्यवस्थापन भएता पनी आवश्यक पर्ने जति भौतिक संरचना निमार्ण नभएकोले सहज रुपमा पठपाठन गराउन समस्या परेको छ । आगामी दिनहरुमा विद्यालयले आर्थिक अवस्था र भौतिक संरचनाको विकास गर्न सरोकारवाला निकाय संग समन्वय गर्ने विद्यालय विपद् जोखिम न्यूनिकरणलाई मध्य नजर गरी बिद्यालयको योजना तयार गर्नका लागी अगाडी बढेको छ ।
सक्ने अवस्थामा नभएकाले यी संरचनाहरुको जोखिम रहेको छ । हाल विद्यालयमा पठनपाठनका लागी आउने विद्यार्थीहरुलाई सडक र शाखा गोरृटो प्रयोग गरेर आउने हुदा दुर्घटना हुन सक्ने संम्भावना छ । यसै गरी समुदाय वाट विद्यालयमा आउदा जादा बाटो को अवस्था जोखिम रहेको छ ।
विद्यालयको नाम : श्री मालिका माध्यामिक विध्यालय
स्थापना : २०३६ साल
स्थापना गर्ने ब्यक्ति : समूदाका ब्यत्तिहरु
ठेगाना : कनकासुन्दरी गाँउपालीका ७ खिच्चने जुम्ला
विद्यालयको क्षेत्रफल : १९,५०० वर्गमिटर
विद्यालयले समेटेका वडा समुदाय : कनकासुन्दरी गाँउपालीका ७ खिच्चने
विद्यालयले समेटेका घरधुरी : 300
विद्यार्थी संख्या : जम्माः ३५५(छात्रः२५५ छात्र ः२५७)
शिक्षक संख्या : जम्माः १७ जना – ः१२ जना शिक्षक ः ५ जना शिक्षिका)
चर्पी संख्या : ८ वटा
भवन संख्या कोठा संख्या : ७ वटा भवन ४० कोठा
खानेपानी : धारा ३
पुस्तकालय : छैन
कम्पियुटर सेट : कम्पियुटर इन्जिनिरिङ्ग शिक्षा छैन
शैक्षिक सामाग्रीहरु : छ ब्यवस्थि
कार्यालय कोठा : १ छ ब्यवस्थित
बिद्यालय ब्यवस्थापन समिति : जम्माः ९ जना –महिलाः४ पुरुष ः ५)
विद्यालय सुधार योजना : छ अध्यावधिक भएको
विद्यालय आईपुग्ने बाटो गा.पा सम्म. : कच्ची ४.५ कि मि.
समुदाय देखि : कच्ची बाटो.
विद्यालय प्र.अ. : भेष बहादुर रोकाय
सहभागीतामुलक समावेशी संकटासन्नता क्षमता विश्लेषण (PVCA)
सहभागीतामुलक समावेशी संकटासन्नता क्षमता विश्लेषण (PVCA)
वार्षिक पात्रो